तीन एआइजीपी थपको फाइल मन्त्रिपरिषदमा, क–कसको सम्भावना ?

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआइजीपी) पद सृजना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिस अनुरुप गृह मन्त्रालयले प्रक्रिया सुरु गरेको हो ।
नेपाल प्रहरीको प्रस्तावअनुसार आवश्यकता पहिचानका लागि छानबिन समिति गठन गरेर छानबिन समितिको निष्कर्ष अनुरुप सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो । अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि मन्त्रिपरिषदमा पेस गर्नका लागि प्रहरी शाखाले टिप्पणी उठाएको थियो ।
त्यो टिप्पणी शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँण समक्ष प्रस्तुत गरिएको निकट स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार गृहमन्त्री खाँणले टिप्पणी सदर गरेर मन्त्रिपरिषदमा पेश गर्न निर्देशन दिएका छन् । उनले सदर गरेसँगै फाइल मन्त्रिपरिषदमा पुगेको गृहमन्त्रालयको प्रहरी कर्मचारी शाखाका एक अधिकृतले जानकारी दिए ।
अब मन्त्रिपरिषद्ले पारित गरेपछि बहालवाला प्रहरी नायव महानिरीक्षक मध्यबाट तीन जनालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गरिनेछ ।
क–कसको छ सम्भावना ?
एआइजीपीमा पद थपिने भएपछि बहालवाला डिआइजीपी एआइजीपी बन्न शक्तिकेन्द्र धाइरहेका छन् । सत्तारुढ दलका नेताहरुसँग अहिलेका डिआइजीहरुको लाइन लागिरहेको छ ।
निकटस्थ स्रोतले अर्थमन्त्री जनार्दश शर्माले आफ्नो सिफारिसमा एक जनालाई एआइजीपी बढुवा गर्ने शर्तमा तीन एआइजीपी थप्न सहमति दिएका छन् । स्रोतका अनुसार उनले रविन्द्र धानुकलाई एआइजीपी बनाउन सिफारिस गरेका छन् । तर, प्रहरीमा धानुक काबिल अधिकृत नभएको भन्दै बढुवा गर्न नहुने आवाज पनि उठिरहेको छ ।
शर्मा सत्तारुढ दल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा आएका हुन् । माओवादीको कोटामा उनी एआइजीपी बन्ने पक्का जस्तै रहेको स्रोत बताउँछ ।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले भने डिआइजीपी ईश्वरबाबु कार्कीलाई एआइजीपीमा बढुवा गर्न चाहेका छन् । गृह मन्त्रालयमा कार्कीको आवतजावत बाक्लिएको स्रोतहरु बताउँछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र विशेषगरी देउवा पत्नी आरजु उत्तम सुवेदीलाई एआइजीपी बनाउन चाहेका छन् । आरजुले देउवामार्फत सुवेदीलाई एआइजीपी बनाउन गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई निर्देशन दिएको बताउँछ । तर, गृहमन्त्री खाँण आफूलाई असहयोग गरेको भन्दै सुवेदीलाई एआइजीपीमा बढुवा गर्न नचाइरहेको स्रोत बताउँछ ।
काठमाडौँ प्रहरी परिसरका एसएसपी अशोक सिंहलाई काज सरुवा गर्दा डिआइजीपी सुवेदीले आइआजीपी हरि पालसँग मिलेर असहयोग गरेको गृहमन्त्री खाँणको बुझाई छ । सुवेदी र सिआईबीमा रहेका धिरज प्रताव सिंहमध्ये एक जना मात्रै डिआईजी बन्ने सम्भावना रहेको छ ।















नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया