पनौतीको मकर मेला स्थगित, देवघाटमा घुइँचो

काठमाडौँ । केही दिनयता कोरोना संक्रमण उच्च भएपछि हरेक १२ वर्षमा लाग्ने काभ्रेको पनौतिस्थित मकर मेला एक साताअघि नै स्थगित भयो ।
१२ वर्षे मेला स्थगित गरिएपछि पनौति शनिवार माघे संक्रान्तिमा सुनसान देखिन्थ्यो । तर यता चितवन र तनहुँको संगमस्थल देवघाटधाममा भने शनिवार विहान स्नान गर्नेको उत्तिकै भीँड लाग्यो ।
आज माघ १ अर्थात् माघे संक्रान्ति । माघे सक्रान्तिका दिन विहानै नदीहरुमा स्नान गर्ने धार्मिक प्रचलन रहिआएको छ । देवघाटधाममा बिहान स्नान गर्नेको भीँड लागे पनि दिउँसो भने त्यत्तिको भीँड थिए ।
कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनका प्रवेशमा रोक लगाएको थियो । प्रशासनको निर्देशनको वेवास्ता गर्दे भक्तजनको भीँड लागेको थियो ।
दिउँसो दाहसंस्कार गर्न आउनेको केही समूह मात्रै देखिएका छन् ।
यस्तै, थारु समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो समुदाय स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्दै आएका छन् ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।















ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया