प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ ।
प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।
अस्पतालमा सञ्चालनमा रहेको पिसीआर प्रयोगशालामा छ कर्मचारी रहेका थिए । तीमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीनमध्ये दुई जनामा कोरोना देखिएपछि आइतबारदेखि पिसीआर परीक्षण रोकिएको सूचना अधिकारी सुवेदीले बताए ।
‘छ कर्मचारीमा तीन जनाको करार सकियो, दुई सङ्क्रमित भए, एक जनाले मात्रै प्रयोगशाला सञ्चालन गर्न सकिने अवस्था हुँदैन, त्यसैले बन्द भयो’, सूचना अधिकारी सुवेदीले भने ।
पिसीआर प्रयोगशालाका कर्मचारीमा कोभिडका कारण जाँच रोकिएपछि प्रदेशमा थप जनशक्ति माग गरिएको उनले बताए । उनका अनुसार प्रदेशबाट केही दिनभित्रमा जनशक्ति व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको छ । जनशक्ति थप नहुँदासम्म पिसीआर परीक्षण भने बन्द रहने उनले बताए ।
पिसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित हुनेछ । अस्पतालमा कोभिड परीक्षण गर्नेको चाप बढिरहँदा पिसीआर रोकिँदा समस्या हुने देखिएको छ । यसैगरी अस्पतालले अत्यावश्यक नपरी अस्पताल नआउनसमेत सबैमा अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिम बढदै गएकाले अस्पतालमा भीडभाड हुँदा थप जोखिम हुनसक्ने भन्दै अतिआवश्यक नपरेसम्म अस्पतालमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया