जनकपुरमा खुशीयाली, मंगलबार सार्वजनिक विदा
मेरोन्यूज
२०७८ माघ ३ गते २०:०२

जनकपुर । प्रदेश २ को नामाकरण मधेस प्रदेश भएको र स्थायी राजधानी जनकपुरधाम बनाएपछि खुशीयाली छाएको छ ।
झण्डै चार वर्षपछि २ नम्बर प्रदेशले आफ्नो पहिचानअनुसारको नाम पाएको छ भने जनकपुरले नै स्थायी राजधानी पाएको छ ।
प्रदेशको नामकरण र स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको खुशीयालीमा प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको हो ।
मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक बिदाको जानकारी दिएका छन् ।
सोमवार प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा उभिएका थिए ।
सम्बन्धित
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया