हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् ।
१ गत असारको भीषण बाढी पहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
उनले भने, ‘१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल निर्माणलाई तीव्र बनाउनु पर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो ।’
गर्मीमा बाढी पहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम हुन सकेन हिउँदमा हिमपातले सवारी साधन आवतजावत हुन नसक्दा निर्माणका काम रोकिएको प्रजिअ आचार्यको भनाई छ ।
उनका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढी पहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्याएको छ । बाढी पहिरोले क्षति पुर्याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन् ।
‘मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन,’ मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने ।
मनाङमा मंसिर अन्तिमबाट विकास निर्माणका काम रोकिएका हुन् । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया