सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना

सप्तरी । सप्तरीमा कोरोनाभाइरस संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणको प्रयास थालिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव आफ्नै एन्टिजेन परीक्षण गरेर ट हेल्प डेस्क स्थापना गरेको हो ।
जिल्लासँग जोडिएको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाकाबाट पैदल यात्रुहरूको आवतजावत दिनहुँ हुने गरेपछि यस सीमा क्षेत्रमामा उच्च सतर्कता अपनाउन हेल्प डेक्स स्थापना गरिएको प्रजिअ गौतमले बताए ।
सप्तरीसँग जोडिएको नेपाल–भारत सीमामा आवतजावत खुला रहेको नाकामा शरीरको तापक्रम नापेर मात्र सर्वसाधारण लाई आवतजावत गर्न दिइएको छ ।
उच्च तापक्रम तथा कोरोना लक्षण भएका व्यक्तिहरूलाई एन्टिजेन परिक्षण गर्ने गरिएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यसअघिदेखि नै सप्तरीको तिलाठी कोईलाडी नाकामा हेल्प डेक्स स्थापना गरिएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया