पीएम कप टी–२०क्रिकेटः आर्मीलाई हराउँदै सशस्त्र फाइनलमा
उपाधिका लागि पुलिस र सशस्त्र भिड्ने

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र उपाधि नजिक पुगेको हो ।
मंगलबारको खेलमा आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ९ विकेट क्षतिमा १८३ रन मात्रै जोड्न सक्यो ।
आर्मीका लागि राजेश पुलामीले २१ बलमा ३८ रन र भीम सार्कीले १९ बलमा ३५ रन जोडे । बलिङमा एपिएफका शरद भेषवाकरले ३ विकेट लिएका थिए । अभिनास बोहरा र भुवन कार्कीले २–२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको एपीएफका लागि लोकेश बम, प्रदीप ऐरी र आसिफ शेखले तीनै जनाले अर्धशतक पार गरे ।
बमले १४ बलमा ७ छक्का र २ चौकाको मद्दतमा नटआउट ६६ रन जोडे भने एपिएफका लागि ओपनर प्रदीप ऐरीले नटआउट ५७ रन र आसिफ शेखले आसिफले ८४ रन जोडे ।
अब उपाधिका लागि एपिएफले नेपाल पुलिस क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । पुलिसले पहिलो सेमिफाइनलमा बागमति प्रदेशलाई पराजित गरेको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया