पीएम कप टी–२०क्रिकेटः आर्मीलाई हराउँदै सशस्त्र फाइनलमा
उपाधिका लागि पुलिस र सशस्त्र भिड्ने

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र उपाधि नजिक पुगेको हो ।
मंगलबारको खेलमा आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ९ विकेट क्षतिमा १८३ रन मात्रै जोड्न सक्यो ।
आर्मीका लागि राजेश पुलामीले २१ बलमा ३८ रन र भीम सार्कीले १९ बलमा ३५ रन जोडे । बलिङमा एपिएफका शरद भेषवाकरले ३ विकेट लिएका थिए । अभिनास बोहरा र भुवन कार्कीले २–२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको एपीएफका लागि लोकेश बम, प्रदीप ऐरी र आसिफ शेखले तीनै जनाले अर्धशतक पार गरे ।
बमले १४ बलमा ७ छक्का र २ चौकाको मद्दतमा नटआउट ६६ रन जोडे भने एपिएफका लागि ओपनर प्रदीप ऐरीले नटआउट ५७ रन र आसिफ शेखले आसिफले ८४ रन जोडे ।
अब उपाधिका लागि एपिएफले नेपाल पुलिस क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । पुलिसले पहिलो सेमिफाइनलमा बागमति प्रदेशलाई पराजित गरेको थियो ।

















लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया