ललितपुरका ३५० पत्रकारले बुस्टर डोज लगाए

काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारका साथै सदस्यहरुले बुस्टर डोजको खोप लगाएका छन् ।
सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मंगलबार कोरोना बिरुद्धको तेस्रो खोप उक्त व्यक्तिलाई दिइएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा सो शाखाका साथै हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले बताए ।
उनले भने, ‘यस क्याम्पस परिसरमा यो खोप भोली र बिहीबार पनि दिइने छ ।’ खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यस अघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन कार्कीले आग्रह पनि गरे ।
सो खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन कार्कीले पुनः अनुरोध गरे ।











देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया