ललितपुरका ३५० पत्रकारले बुस्टर डोज लगाए

काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारका साथै सदस्यहरुले बुस्टर डोजको खोप लगाएका छन् ।
सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मंगलबार कोरोना बिरुद्धको तेस्रो खोप उक्त व्यक्तिलाई दिइएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा सो शाखाका साथै हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले बताए ।
उनले भने, ‘यस क्याम्पस परिसरमा यो खोप भोली र बिहीबार पनि दिइने छ ।’ खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यस अघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन कार्कीले आग्रह पनि गरे ।
सो खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन कार्कीले पुनः अनुरोध गरे ।

















ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया