‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

काठमाडौं । सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ ।
कोरोना महामारीका कारण औपचारिक विमोचन बिना गत आइतबारदेखि नेपाली संस्करणका साथ बजारमा आएको उक्त पुस्तक चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि नेपाली संस्करणमा पनि प्रकाशन गरेको पत्रकार चाउले बताएका छन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, काठमान्डौ स्कुल अफ ल का प्राध्यापक युवराज सङ्ग्रौलाले प्राक्कथन लेखेको रु.३५० मूल्यको रोचक पुस्तक जनता प्रकाशनले छापेको हो ।
राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन पाँच भागमा विभक्त २४० पृष्ठको नेपाली संस्करणमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन् ।
चीनले अघि सारेको महात्वाकाङ्क्षी विकास परियोजना बिआरआइ र अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौताजस्ता मुद्दाहरूलाई पनि उधिन्ने प्रयास गर्नाका साथै पत्रकार चाउले नेपालको भू–राजनीतिक सम्बन्धलाई आफ्नो देश चीन, दक्षिणी छिमेकी भारत र अमेरिकालाई बीचमा राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।
नेपाली राजनीति, भू–राजनीति र कुटनीति बाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावनाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् भने सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफीङको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन–नेपाल सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षलाई पनि लेखकले पुस्तकमा समेटेका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया