महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
“एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आएको यो बैंकले ललितपुर महानगरपालिका १४ लोहाचोकस्थित चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंककोे सातदोबाटो शाखाले विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकको सहयोगप्रति आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घिमा बैंक सधैं कटिबद्घ रहेको बताए ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया