शुक्रबार, पुष ११, २०८२

नवलपुरमा यातायातबाहेकका क्षेत्रमा प्रतिबन्ध

मेरोन्यूज २०७८ माघ ५ गते १८:४३

काठमाडौं । नवलपुरमा यातायातबाहेकका क्षेत्रमा प्रतिबन्ध लगाइएको छ ।

मंगलबाररातीदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय नवलपरासीपूर्वले माघ १५ गतेसम्म प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले मंगलबार आदेश जारी गरी जिल्ला भित्र अर्को आदेश नहुन्जेल सम्मका लागि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको हो ।

नवलपुरमा माघ १५ गतेसम्म विद्यालय, शैक्षिक संस्था बन्द गरिएको छ भने भिडभाड हुने क्षेत्र, सिनेमाहल, डान्सबार, पार्टीप्यालेस, जिमहल आदि १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । नखोल्न आदेश दिइएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लामा अब कुनै पनि प्रकारको भिडभाड गर्न प्रतिबन्ध लगाइएको र घर बाहिर निस्कदा अनिवार्य माक्स र सार्वजनिक स्थानहरुमा खोपकार्ड लिएर हिड्न वा खोप कार्ड मोबाइलमा खिचेर हिड्न अनिवार्य गरिएको बताए ।

बसमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, बस वा अन्य सवारी साधनमा यात्रा गर्दा माक्स र खोप कार्ड अनिवार्य गरिएको जनाइएको छ ।

नवलपुरमा अहिले २ सय ८९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया