नवलपुरमा यातायातबाहेकका क्षेत्रमा प्रतिबन्ध

काठमाडौं । नवलपुरमा यातायातबाहेकका क्षेत्रमा प्रतिबन्ध लगाइएको छ ।
मंगलबाररातीदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय नवलपरासीपूर्वले माघ १५ गतेसम्म प्रतिबन्ध लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले मंगलबार आदेश जारी गरी जिल्ला भित्र अर्को आदेश नहुन्जेल सम्मका लागि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको हो ।
नवलपुरमा माघ १५ गतेसम्म विद्यालय, शैक्षिक संस्था बन्द गरिएको छ भने भिडभाड हुने क्षेत्र, सिनेमाहल, डान्सबार, पार्टीप्यालेस, जिमहल आदि १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । नखोल्न आदेश दिइएको छ ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लामा अब कुनै पनि प्रकारको भिडभाड गर्न प्रतिबन्ध लगाइएको र घर बाहिर निस्कदा अनिवार्य माक्स र सार्वजनिक स्थानहरुमा खोपकार्ड लिएर हिड्न वा खोप कार्ड मोबाइलमा खिचेर हिड्न अनिवार्य गरिएको बताए ।
बसमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, बस वा अन्य सवारी साधनमा यात्रा गर्दा माक्स र खोप कार्ड अनिवार्य गरिएको जनाइएको छ ।
नवलपुरमा अहिले २ सय ८९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया