भक्तपुरमा मास्क नलगाउने १५२ जना कारबाहीमा
मेरोन्यूज
२०७८ माघ ५ गते २१:३५

भक्तपुर । भक्तपुरमा मास्क नलगाइ हिडडुल गरेका १५२ जनालाई प्रशासनले कारबाही गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले बुधबार अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरेको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरूले पूर्वी नाका साँगा, बजार क्षेत्र सूर्य विनायक चोक, राधे–राधे, दरबार स्क्वायर टौमणी लगायतका स्थानमा स्वास्थ्य मापदण्डको पालन भए नभएको अनुगमन गरेका थिए ।
बुधबार मात्र नेपाल प्रहरीले स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालन गरिएका ठुला साना ५ सय गाडीलाई कारबाही गरेको प्रशासनले जानकारी दिएको छ । प्रशासनले सिट क्षमता भन्दा बढी यात्रु चढाउन पनि रोक लगाएको छ । सवारी चालक, सहचालक तथा यात्रुलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले भनेको छ ।
सम्बन्धित











चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया