भक्तपुरमा मास्क नलगाउने १५२ जना कारबाहीमा
मेरोन्यूज
२०७८ माघ ५ गते २१:३५

भक्तपुर । भक्तपुरमा मास्क नलगाइ हिडडुल गरेका १५२ जनालाई प्रशासनले कारबाही गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले बुधबार अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरेको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरूले पूर्वी नाका साँगा, बजार क्षेत्र सूर्य विनायक चोक, राधे–राधे, दरबार स्क्वायर टौमणी लगायतका स्थानमा स्वास्थ्य मापदण्डको पालन भए नभएको अनुगमन गरेका थिए ।
बुधबार मात्र नेपाल प्रहरीले स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालन गरिएका ठुला साना ५ सय गाडीलाई कारबाही गरेको प्रशासनले जानकारी दिएको छ । प्रशासनले सिट क्षमता भन्दा बढी यात्रु चढाउन पनि रोक लगाएको छ । सवारी चालक, सहचालक तथा यात्रुलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले भनेको छ ।
सम्बन्धित















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया