बिहीबार, फागुन २१, २०८२

फेरि लकडाउन गर्नुपरेमा मुलुक चल्न सक्दैनः अर्थमन्त्री शर्मा

मेरोन्यूज २०७८ माघ ५ गते २१:५६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन् ।

उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए ।

मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागु गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए । उनले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए ।

त्यस्तै, अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए ।

अहिले आफूले नीतिगत परिर्वतन गर्न रोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताए ।

उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए । अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएकाप्रति मन्त्री शर्माले आपत्ति जनाए । उनले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताए ।

अर्थमन्त्री शर्माले सरकारले नीजि क्षेत्रको हित भन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताए ।

जहिल्यै सरकार नीजि क्षेत्रको हितको लागि काम गरिरहेको उनको भनाइ छ ।

मन्त्री शर्माले सरकारले नीजि क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाँहिने नीति ल्याए पनि कालो धनलाई प्रोसाहन भएको भन्दै विरोध भएको बताए ।

अर्थमन्त्री शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताए ।

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए । उनले सरकारले नीजि क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए ।
अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया