कोरोना संक्रमित बढेपछि अस्पताललाई स्वास्थ्यकर्मी सहयोग
काठमाडौँ । स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ । बिरामीको उपचारमा सहयोगका उक्त संस्थाले अस्पताललाई जनशक्ति उपलब्ध गराएको हो ।
गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो । अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।
जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ । नयाँ भेरियन्टसहितको तेस्रो लहरले अधिकतम मानिसका साथै स्वास्थ्यकर्मीसमेत संक्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक÷एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलब्ध गराइएको नेलम्बोले जनाएको छ ।
अध्यक्ष देवकोटाका अनुसार ६ महिनाका लागि अस्पताललाई उपलब्ध गराइने जनशक्ति भर्ना गरिएको छ । उनले भने, ‘कोरोनासँग जुध्नका लागि हामीले अस्पताललाई उपलब्ध गराउने जनशक्ति आफैँले भर्ना गरेका छौँ, उहाँहरुलाई अस्पतालमा सेवाका लागि पठाउने छौँ ।’
अस्पतालमा स्वास्थ्यकर्मी उपलब्ध गराएबापत सात लाख खर्च हुने बताइन्छ । यस्तै, अस्पताललाई सो संस्थाले डिस्पोजिवल मास्क ५०० थान, केएन ९५ मास्क ५०० थान, स्यानिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० थान, डिस्पोजिवल पञ्जा १० प्याकेट, पिपिई १० थान, स्प्रे बोतल १० थान, ब्याट्री १० जोर, कोभिड–१९ सचेतना ब्यानर दुई थान सहयोगसमेत गरिएको नेलम्बोका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया