बिहीबार, पुष १०, २०८२

यस कारण पाएनन् डोल्पाका सर्वसाधारणले कोभिड खोप

मेरोन्यूज २०७८ माघ ६ गते ८:२९

काठमाडौँ । महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । १२ वर्ष देखि १७ वर्ष सम्म बालबालिकाले मोडना खोप र १७ वर्षदेखि माथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाइ बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले माघ १० देखि माघ १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्बसाधारणलाइ मात्र खोप लगाउन सूचना निकालेको छ । तर उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गते सम्मा विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् ।

भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाइ लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्बसाधारणहरु खोप विहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ । बाटो भरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

त्यस्तै, अन्य बालबालिकालाइ लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मशान्तसम्म नै बन्द भएको छ । शे फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण घरको आंगनभरि हिउँले ५ महिना सदरमुकाम दुनै लगायतका देशका विभिन्न ठाउँमा जाने काम पूर्ण रुपमा ठप्प हुने गर्दछ ।

त्यस्तै, ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वंयम सेविकले समेत खोप नपाएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए ।

प्रतिक्रिया