बिहीबार, पुष १०, २०८२

ट्रकको ठक्करबाट एकको मृत्यु

मेरोन्यूज २०७८ माघ ६ गते ९:४१

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर १४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ७ निवासी त्रिलोक केसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे १ क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया