विहिवार शेयर कारोबारमा वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३३.०३ अङ्कले उकालो लागेर दुई हजार ९३१.३४ मा पुगेको छ । साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने आज अन्तिम दिनसमेत उल्लेख्य रुपमा वृद्धि भएको हो ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अङ्कले बढेर ५४३.७४ मा पुगेको छ । कूल २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर रु पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ४२ अर्ब ५३ करोड आठ लाख ८० हजार बराबर पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।
बैंकिङ १.०२ र सामूहिक लगानी कोष ०.०२ अङ्कले ओरालो लागेको छ । व्यापार ४४.७९, होटल तथा पर्यटन १८.७६, विकास बैंक १७१.६५, जलविद्युत् ७६.४२, वित्त ७७.४७, निर्जीवन बीमा २७०.१, उत्पादन ३१.४८, अन्य ११.३९, लघुवित्त ६०.१८, जीवन बीमा ४६२.४ र लगानी १.९६ अंकले उकालो लाग्यो । कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको शेयर रु २२ करोड २० लाख ५३ हजार ४१६ मूल्यमा खरिद बिक्री भए । अपि पावर कम्पनी रु १८ करोड ४७ लाख २४ हजार ९७६, शिखर इन्स्योरेन्स रु १७ करोड ६७ लाख ६५ हजार ६२७, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड १० लाख ९० हजार १६८ र नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड ६७ लाख ५३ हजार २५९ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा पर्न सफल भए ।
नेप्सेका अनुसार मैलुङ खोला जल विद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, न्यादी हाइड्रोपावर ८.८६ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.७९ प्रतिशतले कमाए ।
आइसिएफसी फाइनान्सको ऋणपत्र ४.३९, बोटलर्स नेपाल तराई १.८४, एनएमबी हाइब्रिड फण्ड एक १.६१, नयाँ सारथी लघुवित्त १.६० र सिटिजन म्युचुअल फण्ड एक का लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया