शुक्रबार, पुष ११, २०८२

उपत्यकाका विभिन्न सञ्चारगृहमा मात्रै २३० बढी पत्रकार सङ्क्रमित

मेरोन्यूज २०७८ माघ ६ गते १९:०४

काठमाडौं । विभिन्न सञ्चारगृहमा कार्यरत झण्डै २३० वढी पत्रकारहरु काठमाडौं उपत्यकाभित्रै कोरोना संक्रमित भएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ । महासंघले विभिन्न सञ्चारगृहमा गरेको अध्ययनका आधारमा यो संख्याका पत्रकार संक्रमित भएको तथ्यांक देखा परेको प्रतिष्ठान अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, मणि दाहाल, निवर्तमान अध्यक्षसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्षहरु सङ्क्रमित भएको अधिकारीले बताए ।

प्रतिष्ठान प्रदेश समितिअन्तर्गत शाखा र सञ्चार गृहमा कार्यरत गरी अहिलेसम्म उक्त संख्यामा पत्रकार सङ्क्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । उनले भने, “केही शाखा र सञ्चार गृहको विवरण आउनेक्रम जारी छ ।”

प्रतिक्रिया