स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड-१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।
अध्यक्ष निरौलासँगै उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिव तेजप्रसाद ढकाल र बिन्दु महर्जनले आज काठमाडौैँ महानगरपालिका–४ स्थित जिल्ला कार्यालयमा पदभार ग्रहण गरेका थिए । बैठकमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश कमिटी सदस्य गणेशप्रसाद दुलाललगायतको उपस्थिति थियो ।

















फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया