आजको मौसम कहाँ कस्तो ?
मेरोन्यूज
२०७८ माघ ७ गते ६:५२

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोही कारणले देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती र प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षा हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भागमा आंशिक बदली रहने छ । यस्तै, देशको पहाडी भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागमा भने हल्का हिमपात हुने भएको छ ।
महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सबैमा आग्रह गरेको छ ।
सम्बन्धित

















ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया