बिहीबार, पुष १०, २०८२

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मेरोन्यूज २०७८ माघ ७ गते ७:२०

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका ६ कालीखोलामा सुक्खा पहिरो खसेको हो ।

पहिराका कारण दुई तर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ ।

पहिराका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया