भक्तपुरमा सवारी सञ्चालनमा थप कडाई
मेरोन्यूज
२०७८ माघ ७ गते १३:४५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएसँगै आज रातिदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएसँगै भक्तपुरमा सवारी साधनमाथि कडाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्था र वायु सेवाका कर्मचारीले सवारी साधन प्रयोग गर्न सक्ने, सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास परिचयपत्र रहेको संचारकर्मीले पनि सवारी साधन प्रयोग गर्न सक्ने छन् ।’
त्यसैगरी, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधन पनि हरेक दिन चलाउन पाउने भएको छ ।
सम्बन्धित

















फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया