नेपाल टेलिकमले फोरजी एलटीई विस्तार गर्ने

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको हो ।
टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।
कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता गरेको छ ।
माघ ५ गते भएको उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका थिए ।
नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाईमार्फत हाल ब्यक्तिगत प्याकेज र संस्थागत गरी गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ ।
इन्डिभिजुअल प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध हुनेछ भने १ वर्षका लागि रु. ९ हजारमा ७२० जीबी प्याक उपलब्ध हुनेछ ।
यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया