लिटमस केबलले बुटवलमा गर्यो ‘पावर पार्टनर्स मिट’

काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा “पावर पाटनर्स मिट–२०७८” आयोजना गरेको छ ।
कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।
कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नेपाली चलचित्र जगतका महानायक राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।
वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो ।
सोही अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए ।
भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए ।
सम्मेलनलाई थप अन्तरक्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
साथ–साथै पार्टनरहरुलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरुले सबै पार्टनरहरुसँग भेट गरि उनीहरुका जिज्ञासा पनि लिएका थिए ।
सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीका कर्मचारीको मेहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको बताए ।
सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग प्रा.लि.नेपालको पहिलो एल्मुनियम कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

















एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया