स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनमा अन्यौलता
गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनमा अन्यौलता देखिएको छ ।
संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने उल्लेख भए पनि निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअघि नै निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
निर्वाचन आयोगले निर्वाचन ऐनअनुसार चुनाव गर्नुपर्ने बताए पनि सत्ता गठबन्धन निर्वाचनलाई पछाडि धकेल्ने योजनामा छन् ।
निर्वाचनबारे भएको अन्यौलताबारे छलफल गर्न भन्दै सत्ता गठबन्धनका नेताहरु शुक्रबार बेलुका बालुवाटारमा जुटेका थिए ।
सत्ता गठबन्धनका नेताहरुले निर्वाचनबारे अन्यौलता भएको भन्दै कानूनविज्ञसँग तत्काल छलफल गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको सत्ता गठबन्धनकी नेतृ एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।
निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिइरहेकाले उच्चस्तरीय राजनीतिक समन्वय समितिले एक दुई दिनभित्रै निर्वाचनबारे विज्ञहरुसँग छलफल गर्ने भएको छ ।
सत्ता गठबन्धनका नेताहरुले पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर स्थानीय तहको निर्वाचनलाई पछाडि धकेल्ने रणनीति बनाएका छन् ।
यद्यपि शुक्रबार बसेको गठबन्धन दलको बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको नेताहरुले बताएका छन् ।
निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको उनीहरुले बताए ।
संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया