स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनमा अन्यौलता
गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनमा अन्यौलता देखिएको छ ।
संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने उल्लेख भए पनि निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअघि नै निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
निर्वाचन आयोगले निर्वाचन ऐनअनुसार चुनाव गर्नुपर्ने बताए पनि सत्ता गठबन्धन निर्वाचनलाई पछाडि धकेल्ने योजनामा छन् ।
निर्वाचनबारे भएको अन्यौलताबारे छलफल गर्न भन्दै सत्ता गठबन्धनका नेताहरु शुक्रबार बेलुका बालुवाटारमा जुटेका थिए ।
सत्ता गठबन्धनका नेताहरुले निर्वाचनबारे अन्यौलता भएको भन्दै कानूनविज्ञसँग तत्काल छलफल गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको सत्ता गठबन्धनकी नेतृ एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।
निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिइरहेकाले उच्चस्तरीय राजनीतिक समन्वय समितिले एक दुई दिनभित्रै निर्वाचनबारे विज्ञहरुसँग छलफल गर्ने भएको छ ।
सत्ता गठबन्धनका नेताहरुले पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर स्थानीय तहको निर्वाचनलाई पछाडि धकेल्ने रणनीति बनाएका छन् ।
यद्यपि शुक्रबार बसेको गठबन्धन दलको बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको नेताहरुले बताएका छन् ।
निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको उनीहरुले बताए ।
संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया