कोरोनाका कारण पर्यटक घट्दै
काठमाडौँ । समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाईमा रहेको घले गाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका ३ स्थित घले गाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल भए पनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ ।
कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा दश दिन अघिदेखि सुरु भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०÷५० जना मात्र मुश्किलले आउने गरेका छन् । कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास संचालकहरु चिन्तित भएका छन् ।
घले गाउँका घरवास सञ्चालक दिर्घराज घलेले भने, ‘पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए ।’ कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उनको भनाई थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया