सोमबार, पुष १४, २०८२

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

मेरोन्यूज २०७८ माघ ९ गते ११:२३

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।

दुई पटक मिर्गौला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई समेत कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया