नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ९ गते १६:४०

काठमाडौं । नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।
यसैबीच काठमाडौं उपत्यकामा आइतबार ३ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया