बारागाउँकी एक किशोरी भीरबाट लडेर मृत्यु
मेरोन्यूज
२०७८ माघ ९ गते १८:४२

जुम्ला । जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।
उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।
भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पु¥याइएको थियो । उनले होस् नआएर मृत्यु भएको हो ।
मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए । मृतक किशोरी चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् ।
यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ ।
सम्बन्धित
















सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया