कोरोनाले कुन कुन अस्पतालका सेवा प्रभावित ?

काठमाडौं । केही दिनयतादेखि बढ्दो कोरोना संक्रमणले स्वास्थ्यकर्मीहरु नै प्रभावित भएपछि अस्पतालका सेवाहरु प्रभावित भएका छन् ।
स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि देशका विभिन्न अस्पतालका सेवाहरु बन्द भएका छन् ।
स्वास्थ्यकर्मी नै संक्रमित भएको भन्दै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताल, हुम्लाको हुम्ला जिल्ला अस्पतालले आकस्मिक सेवा बन्द गरेको छ ।
काठमाडौंको टेकु अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि कोरोना परीक्षण कार्य रोकिएको छ ।
शुक्रबार तनहुँका भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ ।
कोरोनाकै कारण तनहुँकै आँबुखैरेनीको सेवा पनि बन्द भइको छ ।
यसैगरी, शुक्लागण्डकीका ११ कर्मचारी पनि संक्रमित भएका छन् । कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट प्रवाह गर्ने सेवा बन्द भएको छ ।
यस्तै, जाजरकोटमा पनि स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ जना स्वास्थ्यकर्मीमा कोभिड संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।
अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अहिलेसम्म ५२ जनालाई संक्रमण भइसकेको छ ।
यता, कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित गरिएको छ ।













सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया