कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
मेरोन्यूज
२०७८ माघ ९ गते २१:२८

काठमाडौं । जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो ।
कुश्मा नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट उक्त निर्णय गरेको हो । नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक सेवा बाहेक अन्य सेवाका लागि नआउन आग्रह गरेको छ ।
अत्यावश्यक सेवा लिनका लागि पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया