कोरोना संक्रमणको दुई वर्ष
नेपालमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण, ११ हजार ६५५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दुई वर्षअघि आजकै दिन माघ १० गते पहिलोपटक कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
चीनको वुहानबाट आएका ३२ वर्षीय पुरुषमा पहिलोपटक २०७६ साल माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
ति पुरुषलाई कोरोना संक्रमण देखिएको ठिक २ महिना अर्थात चैत ९ गते फ्रान्सबाट आएकी २४ वर्षिय युवतिमा दोस्रो पटक कोरोना संक्रमण देखिएको थियो ।
०७६ चैतदे २२ गते कैलालीमा भारतबाट आएका पुरुषमा देखिए । त्यही समयमा नेपालमा कोभिड संक्रमण समुदायमा फैलिएको थियो ।
पहिलोपटक नेपालमा वि.स २०७७ जेठ ३ गते कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको थियो ।
क्रमस नेपालमा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको थियो ।
नेपालमा दुई वर्षको अन्तरालमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको छ भने ११ हजार ६५५ जनाको संक्रमणबाट ज्यान गएको छ । भने ८ लाख २१ हजार ६९९ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी, पछिल्लो केही दिन यता नेपालमा ओमिक्रोन भेरियन्टका कारण संक्रमण बढ्दै गएको छ ।
अहिले दैनिक ६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भने गत साता मात्रा अहिलेसम्मकै उच्च १२ हजार ३३८ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता दैनिक २० हजार जना संक्रमित भेटिने आंकलन गरेको छ ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया