नेपालमा एक लाख ६८ हजारले बुस्टर डोज लगाए, अझै एक करोड खोप मौज्दात

काठमाडौं । नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् ।
काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको छ ।
सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् ।
२०७७ माघ १४ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो । दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो ।
एक करोड खोप मौज्दात
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । वि.सं. २०७७ माघ १४ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भन एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुई डोज लगाएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
१८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको आधारमा ८१ दशमलव आठ प्रतिशतले पहिलो डोज र ६५ दशमलव एक प्रतिशतले पूर्णमात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
देशभर खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । खोप नलगाएकाहरूलाई लगाउन सरकारले बारम्बार अनुरोध गर्दै आएको छ ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया