काठमाडौं आएलगत्तै अनन्तको दौडधुप शुरु, विहानै प्रचण्ड निवासमा

काठमाडौं । चीनको सेनजेन र थाइल्यान्डको बैंककमा गरी झण्डै ९८ दिन उपचार गरी सोमबार मात्रै स्वदेश फर्केका माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन (अनन्त) मंगलवार विहानै प्रचण्ड भेटन खुमलटार पुगेका छन् । प्रचण्ड निवासमा उनी पत्नी ओनसरी घर्ती सहित उनी प्रचण्ड भेटन पुगेका हुन् ।
उनी माओवादी केन्द्रको महासचिवका आकाक्षी छन् । पार्टीको आठौं महाधिवेशनमा समेत सहभागी हुन नपाएका उनी सोमबार हिमालयन एयरलाइन्सको कार्गो विमान वाट स्वदेश फर्किएका थिए ।
स्वदेश फर्केपछि उनले आफु सहमितमै पार्टीको पदाधिकारी चयन हुनेमा विश्वस्त रहेको तर प्रतिस्पर्धा भए स्वभाविक रुपमा महासचिवको उम्मेदवार रहेको बताएका थिए ।
माओवादी केन्द्रमा महासचिवका आकाक्षीहरु वढेका कारण पदाधिकारी चयन हुन सकेको छैन । माओवादीमा पुन र जर्नादन शर्मा महासचिवमा वलियो प्रतिस्पर्धी हुन् । तर उनीहरुसँगै प्रभावशाली नेतृ पम्फा भुसाल पनि महासचिवकै दावी गरिरहेकी छिन् । माओवादी केन्द्रको अव माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाईएको छ । पुनले आफु पनि सहभागी हुन चाहेको बताएपछि पुस २५ मा सम्पन्न भएको केन्द्रीय समिति वैठकले पदाधिकारी चयन गर्न सकेको थिएन ।
अव २७ माघमा बस्ने माओवादी केन्द्रको बैठकले पार्टीको पदाधिकारी चयन गर्ने देखि केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन समेत गर्ने कार्यसूची छ ।

















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया