मौरिसस र नेपालको खेल हेर्न हजार र पाँच सयको टिकट तोकियो
मेरोन्यूज
२०७८ माघ ११ गते १७:३२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै अन्य खेलहरु दर्शकरहित भइरहँदा एन्फाले टिकटको ब्यापार गर्न खोजेको छ ।
नेपालमा कोरोना संक्रमण तीब्र भइरहँदा सबैभन्दा बढी काठमाडौंमा नै देखिएको छ ।
१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलमा भीआईपीतर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ ।
दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।
सरकारले २५ जना भन्दा बढी जमघट हुन नपाउने निर्णयको बेवास्ता गर्दै एन्फाले टिकट बिक्री थालेको छ । कोरानाकै कारण सिनेमा हल, जिमहाउसहरु पनि सरकारले बन्द गराएको छ ।
सम्बन्धित

















नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया