दार्चुलामा एक पुरुष मृत भेटिए, हत्याको आशंका

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक जना मृत फेला परेका छन् ।
स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा टोली खटिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घटना स्थलको अध्ययन गरी टोली फर्किएको डीएसपी भट्टले बताए ।
शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरी आफन्तले दाहसंस्कार गरिसकेका छन् । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।
घटनाबारे जानकारी दिँदै दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भने, ‘मृतकले ६ गते राती स्थानीय एउटा पसलमा मदिरा खाएको बुझिएको छ । बाहिरबाट हेर्दा आखिभौँमा चोट लागेको छ । हत्या भए नभएको बारे पोस्टमार्टम रिपोट आएपछि थाहा हुन्छ ।’
घटनाको छानबिनका लागि प्रहरीले स्थानीयहरूसँग सोधपुछ गरिरहेको छ । शव एक जना स्थानीयको घर नजिकै फेला परेको बताइएको छ ।
ब्यास गाउँपालिकामा स्थानीय मदिरा खुला रूपमा बिक्री वितरण हुने गरेकाले पछिल्लो समय झैँ झगडा तथा हिंसाजन्य घटनाहरू बढ्दै गइरहेका छन् ।











यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया