विप्लवका विद्यार्थीद्वारा केएमसीमा तोडफोड

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका हुन् ।
चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूले उठाएका माग सम्बोधन गर्न सञ्चालक सुनिल शर्माले अटेरी गरेको भन्दै विप्लवका विद्यार्थीहरुले कलेजमा तोडफोड गरेको हो । विद्यार्थीहरुलाई मनोमानी चर्को शुल्क असुल्ने काम भएको र कलेज प्रशासन विद्यार्थीविरुद्ध नै उत्रिएकाले तोडफोड गरेको भन्दै उनीहरुले जिम्मा लिएका छन् ।
तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले क्रान्तिकारीका केन्द्रीय सदस्य रबिन केसी, महेश अधिकारी, कृष्ण महतरा लगायतलाई पक्राउ गरेको छ ।
काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा कलेजले विद्यार्थीबाट बढी असुल गरेको भन्दै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलित छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया