राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिदैं
जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को पारम्भिक नतिजा आज सार्वजनिक हुँदैछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । तर, अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक गर्ने विभागले जनाएको छ ।
गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको विभागले जनाएको छ । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने भएको छ ।
अहिले मात्र पारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने तयारीमा तथ्यांक विभाग छ । अन्तिम नतिजा भने सार्वजनिक हुन करिव नौ महिना लाग्ने अनुमान विभागले गरेको छ ।
गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम विभागले गरेको थियो । नेपालमा प्रत्येक १० वर्षमा जनगणना गर्ने काम भइरहेको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया