राष्ट्रियसभा निर्वाचनः बाग्मतीको मतगणना सुरु

मकवानपुर । राष्ट्रियसभामा रिक्त रहेको दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
हेटौंडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ ।
निर्वाचनमा बागमती प्रदेशसभाका एक सय नौ जना सांसदमध्ये एक सय ६ जना र स्थानीय तहका दुई सय ३७ जनप्रतिनिधिले मतदान गरेका छन् । पार्टीको निर्णयअनुसार विवेकशील साझा पार्टीका तीन जना सांसदले भने मतदान गरेनन् ।
रिक्त सदस्यका लागि सत्तारुढ गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् ।
यस्तै, विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङकाबीच चुनाव भएको हो ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया