टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउन मन्त्री आले छलफलमा

कैलाली । टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।
धनगढीमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग टीकापुरका सरोकारवाला निकायले विमानस्थल सञ्चालनमा ल्याउनेबारे छलफल गरेका हुन् ।
छलफलका क्रममा मन्त्री आलेले तुरुन्त टर्मिनल टावरका लागि एक महिना भित्र टेन्डर प्रक्रिया सुरु गर्ने प्रक्रिया अगाडि बढाइने बताएको टीकापुरका धन्नजय रिमालले बताए ।
मन्त्री आलेले एक महिना भित्र रिपोर्ट लिएर टेन्डर प्रक्रिया अगाडि बढाउने भनेर आश्वस्त पारेको पनि उनको भनाइ छ । उनका अनुसार मन्त्री आलेले आफू काठमाडौँ फर्के लगत्तै एक महिना भित्रै यो काम सुरु हुने गरि काम अगाडि बढाउने बताएका छन् ।
‘मन्त्रीज्यूले जसरी पनि टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने बताउनुभएको छ,’ उनले भने ।
छलफलका क्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता एवम् काँग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल, प्रदेश सभा सदस्य उमादेवी बादी, टीकापुर नगरपालिकाका उप–प्रमुख केशरी बिष्ट, नेकपा समाजबादी कैलालीका अध्यक्ष भैरव रावल, उद्योग बाणिज्य संघ टीकापुरका पूर्व अध्यक्ष नवराज रावल, आनन्द हमाललगायत छलफलमा सहभागी थिए ।











यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया