शुक्रबार, फागुन २२, २०८२

टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउन मन्त्री आले छलफलमा

मेरोन्यूज २०७८ माघ १२ गते २१:३६

कैलाली । टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

धनगढीमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग टीकापुरका सरोकारवाला निकायले विमानस्थल सञ्चालनमा ल्याउनेबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री आलेले तुरुन्त टर्मिनल टावरका लागि एक महिना भित्र टेन्डर प्रक्रिया सुरु गर्ने प्रक्रिया अगाडि बढाइने बताएको टीकापुरका धन्नजय रिमालले बताए ।

मन्त्री आलेले एक महिना भित्र रिपोर्ट लिएर टेन्डर प्रक्रिया अगाडि बढाउने भनेर आश्वस्त पारेको पनि उनको भनाइ छ । उनका अनुसार मन्त्री आलेले आफू काठमाडौँ फर्के लगत्तै एक महिना भित्रै यो काम सुरु हुने गरि काम अगाडि बढाउने बताएका छन् ।

‘मन्त्रीज्यूले जसरी पनि टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने बताउनुभएको छ,’ उनले भने ।

छलफलका क्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता एवम् काँग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल, प्रदेश सभा सदस्य उमादेवी बादी, टीकापुर नगरपालिकाका उप–प्रमुख केशरी बिष्ट, नेकपा समाजबादी कैलालीका अध्यक्ष भैरव रावल, उद्योग बाणिज्य संघ टीकापुरका पूर्व अध्यक्ष नवराज रावल, आनन्द हमाललगायत छलफलमा सहभागी थिए ।

प्रतिक्रिया