फुसको छाना हटाउने अभियानमा वडाध्यक्षमाथी मनपरी गरेको आरोप
छानबिन गर्न एमालेको माग

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ मा फुसको छाना हटाउने अभियानमा वडा अध्यक्षले मनपरी गरेको आरोप लागेको छ । एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा वडाअध्यक्षले मनपरी गरेको आरोप लगाएको हो ।
फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन वडाअध्यक्षले आलटाल गरेको एमाले वडा कमिटीले आरोप लगाएको हो ।
एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम निकासा दिइएको जिकिर गरे ।
‘फुसको छाना हटाउ’ अभियानको सूचीकरणमा नपरेका घरलाई जस्ताको छाना हाल्नकालागि रकम दिएको खुलासा भएको भन्दै एमाले वडा कमिटीले सो बारेमा छानविन गरी वास्तविक लाग्राहीलाई तत्काल जस्तापाता उपलव्ध गराउन ध्यानाकर्षण गराएको छ ।
तीन वर्षअघि बगाले-सिरुडाँडा-पारा सडक निर्माणका लागि १० लाख बजेट छुट्याइएको भए पनि उपभोक्ता समितिका अध्यक्ष रमेश राई र वडाध्यक्ष सन्तबीर तामाङले ७-८ लाखको काम गरेर बाँकी रकमको काम हालसम्म नगरेको एमाले वडा कमिटिका अध्यक्ष तामाङले बताए । बाँकी रकमको काम गर्नरगराउन पालिकामा कबुलियतनामा गरे पनि सो अनुसार काम नगरिएको भन्दै विज्ञाप्तीमा ध्यानाकर्षण गराइएको छ ।
एमाले वडा कमिटिले अर्थमन्त्रालयको गत २५ कात्तिक र ऐसेलुखर्क गाउँपालिकाको २० पुसको पत्र अनुसार वडाका विपन्न परिवारलाई समावेसी र समान किसिमले कोभिड राहत वितरण गर्न माग गरेको छ । अर्थमन्त्रालय र गाउँपालिकाको पत्र अनुसार हालसम्म वडाबासीलाई सूचना नदिइ कोभिड राहत वितरणमा हालटाल भइरहेको एमालेको आरोप छ ।
बादेल–बिस्काम जोड्ने सडक जोड्नका लागि आर्थिक वर्ष २०७७/०७८ मा संघीय संसद विकास कोषबाट १० लाख विनियोजन गरिए पनि वडाध्यक्ष तामाङले सिफारिस नदिँदा सो काम हुन नसकेको उल्लेख गर्दै एमाले वडा कमिटीले सो सडकलाई चालु आर्थिक वर्षभित्रै जोड्नका लागि विचार–विमर्श गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया