इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई अग्रता

काठमाडौं । रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै २०४ रनमा समेटियो ।
इंग्ल्यान्डका टम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए । फिलिप साल्टले ५७ रन बनाउँदा अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन् । वेष्ट इन्डिजका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान काइरन पोलार्डले दुई विकेट लिए ।
यसअघि भ्रमणकारी टोली इंग्ल्यान्डले टस जितेर घरेलु टोली वेष्ट इन्डिजलाई ब्याटिङ निम्तो दिएपछि निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार पार्यो । वेष्ट इन्डिजका रोभम्यान पोवेलले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । यस्तै निकोलस पुरनले ७० रनको योगदान गरे ।
योसँगै पाँच टी-२० शृंखलामा घरेलु टोली वेष्ट इन्डिजले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिज नौ विकेटले विजयी हुँदा दोस्रो खेलमा भ्रमणकारी टोली इंग्ल्यान्ड एक रनले विजयी भएको थियो ।









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया