मोरङको उखुबारीमा बुधबार एउटा शव भेटिएकोमा आज पनि अर्को पनि शव भेटियो
मेरोन्यूज
२०७८ माघ १३ गते १४:३८

मोरङ। मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको शव भेटिएको छ । बुधबार सोही उखुबारीमा भेटिएका दुई खल्डामध्ये एकमाशव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार (आज) उत्खनन गरिएको थियो । पहिलो र दोस्रो खाल्डोको दुरी करिब २० मिटरको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त शवमा नुन पनि हालेको पाइएको छ । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ।
बुधबार प्रहरीले खाल्डोमा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो ।
दुबै शव हेर्दा एकै पटक खाल्डो खनेर पुरेको हुनसक्ने प्रहरीको अनुमान छ । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।
सम्बन्धित
















नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया