आफ्नै बुबाको हत्या गर्ने खत्रीमाथि थप अनुसन्धान जारी
मेरोन्यूज
२०७८ माघ १३ गते १५:१३

मोरङ । आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्रीमाथि थप अनुसन्धान भइरहेको छ । बुधबार राति पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा राति जयबहादुर पक्राउ परेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा वादविवाद हुँदा बुबा दलबहादुरलाई कुटपिट गरेका थिए ।
छोराको कुटपिटबाट दलबहादुरको मृत्यु भएको खबर पाउनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जयबहादुरलाई पक्राउ गरेको छ ।
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया