शनिबार, पुष १२, २०८२

राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा भेटवार्ता

मेरोन्यूज २०७८ माघ १३ गते १६:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवास भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । 

‘आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,’ अधिकारीले भने, ‘यो नियमित भेटवार्ता हो ।’
स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ । आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया