कर्णाली प्रदेश सभा महिनामा २ दिन सर्वसाधारणका लागि खुला

सुर्खेत । अबदेखि कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि २ दिन खुल्ला हुने भएको छ । खुला संसद्को अभ्यासमा लग्ग्ने योजना अनुसार अब प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
कर्णाली प्रदेश सभाको स्थापना दिवस मनाउन लागेको प्रदेश सभाको विहिबार सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय भएको जानकारी दिए ।
‘अबदेखि कर्णाली प्रदेश सभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन्। सभाभित्रका सबै कुराको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ,’ बुढाथोकीले भने।
संसद् खुला हुनुपर्छ भनिए पनि अहिलेसम्म व्यवहारमा लागू नभएका कारण यहाँका भौतिक संरचना तथा सदन हेर्नका लागि सर्वसाधारणका लागि पनि खुला गरिने अभ्यासमा लागेको उनले बताए।
खुला संसद्को अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो हो।
‘संसदभित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ। संसद् खुला हुनुपर्छ र संसदभित्रका गतिविधि नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौँ,’ उनले भने।
बेलायतलगायतका देशमा संसद्को वरिपरि पर्खाल पनि नलाएर नागरिकका लागि खुला राख्ने अभ्यास भएको हुँदा खुलापनको अभ्यास गर्न जरुरी रहेको उनको भनाइ थियो।
















फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया