अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न विष्टको माग

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लोकतान्त्रिक अभ्यासबाट नभाग्न र । संविधानको कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
यति बेला सरकारमा सामेल पार्टीहरू संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन छन् । निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटक–पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन आरोप लगाए ।
उनले भने,’लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।
निर्वाचन आयोगले ताकेता गर्दा पनि सरकारले चुनावको मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ ।
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया