अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न विष्टको माग

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लोकतान्त्रिक अभ्यासबाट नभाग्न र । संविधानको कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
यति बेला सरकारमा सामेल पार्टीहरू संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन छन् । निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटक–पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन आरोप लगाए ।
उनले भने,’लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।
निर्वाचन आयोगले ताकेता गर्दा पनि सरकारले चुनावको मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया