रात्रिकालीन व्यवसाय सञ्चालन गर्न एक साताको अल्टिमेटम

काठमाडौँ । रात्रिकालीन ब्यवसाय एक साताभित्र सञ्चालन गर्न व्यावसायीहरूले सरकारलाई अल्टिमेटम दिएका छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै व्यावसायीहरूले एकसाताभित्र स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
एक साताभित्र व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक सङ्घर्षमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरूसमेत बेरोजगार हुनुपरेको भन्दै सरकारले अध्ययन नै नगरी यो व्यवसायलाई बन्द गराएको आरोप लगाए ।
सरकारको यस्तो निर्णयले सञ्चालक मात्र नभएर कार्यरत श्रमिकहरूसमेत मर्कामा परेको उनको भनाई थियो ।
यस्तै, अर्का रात्रि व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसायभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएकाले सरकारले यसलाई तत्कालै खुलाउन पहल गर्नुपर्नेमा जोड दिए ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया