रात्रिकालीन व्यवसाय सञ्चालन गर्न एक साताको अल्टिमेटम

काठमाडौँ । रात्रिकालीन ब्यवसाय एक साताभित्र सञ्चालन गर्न व्यावसायीहरूले सरकारलाई अल्टिमेटम दिएका छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै व्यावसायीहरूले एकसाताभित्र स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
एक साताभित्र व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक सङ्घर्षमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरूसमेत बेरोजगार हुनुपरेको भन्दै सरकारले अध्ययन नै नगरी यो व्यवसायलाई बन्द गराएको आरोप लगाए ।
सरकारको यस्तो निर्णयले सञ्चालक मात्र नभएर कार्यरत श्रमिकहरूसमेत मर्कामा परेको उनको भनाई थियो ।
यस्तै, अर्का रात्रि व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसायभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएकाले सरकारले यसलाई तत्कालै खुलाउन पहल गर्नुपर्नेमा जोड दिए ।











तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया