माधव नेपालको जोड– तीनै तहको चुनावमा गठबन्धन
भन्छन्– वैशाखमै निर्वाचनको सामना गर्न तयार, तर बैशाखमा हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी तीन वटै तहको निर्वाचनमा गठबन्धन कायम रहनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडांैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म नै पाँच दलीय गठबन्धन कायम रहने दाबी गरे ।
पाँच दलीय गठबन्धनकै कारण सरकारदेखि राष्ट्रियसभा सम्म फाइदा लिएका नेता नेपालले गठबन्धन मिलेर निर्वाचनमा जाने दावी गरेका हुन् ।
तीन वटै तहको निर्वाचनमा गठबन्धनमा जोड दिँदै आएका नेता नेपालले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन भएपनि सामना गर्न तयार रहेको बताए ।
आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नहुने बताउँदै आएका एकीकृत समाजवादी अध्यक्ष नेपालको आलोचना भएपछि शनिवार आयोजित पार्टी निकट कर्मचारीहरुको कार्यक्रममा बैशाखमै स्थानीय तहको निर्वाचनको सामना गर्न आफूहरु तयार रहेको बताए ।
अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको दोहोर्याए ।
वैशाखमा निर्वाचन गरे पनि सामना गर्न तयार रहेको बताएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पुनः दोहोर्याएका छन् ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरे ।
अध्यक्ष नेपालले काँग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतीमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको जानकारी दिए ।
नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको उनले आरोप लगाए । तर एमाले अध्यक्ष ओलीको प्रयास सफल हुन नदिने उनको भनाइ थियो ।











प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
प्रतिक्रिया