तीन दशकदेखि पर्यटन क्षेत्रमा लागेका जय, जो चरा पछ्याउँदै जंगल चहार्छन्

काठमाडौं । नेपालमा ८ सय ८६ प्रकारका चराचुरुङ्गीहरु पाइन्छन् । तीमध्ये ५ सय भन्दा बढी चराचुरुङ्गीका बारेमा जानकार छन्, जय भण्डारी । सन् १९९३ देखि पर्यटक गाइडको काम थालेका भण्डारीको चराप्रतिको आकषर्ण रोचक छ ।
कास्कीको नागडाँडा भन्ने ठाउमा जन्मिएका भण्डारी माछापुछ्रेकाे फेदमा हुर्किए । उनको वाल्यकाल कास्कीकै केशबाङ्मा बित्यो ।
भण्डारी वाल्यकालमा फरक स्वभावका थिए । उनले समय बिताएको मर्दि खोला अहिले पनि आ“खाभरी आइरहन्छ । त्यसबेला उनी बाख्रा चराउन जान्थे । तर, ध्यान भने चराचुरुङ्गीतिरै हुुन्थ्यो । बाख्रँले एकातिर बालिनाली खाइदिन्थ्यो । उनी भने चराचुरुङ्गी नियालेरै बसिदिन्थे ।
‘घरमा गाली त कति खाईन्थ्यो, खाईन्थ्यो ।’ उनले ती पल सम्झिदै भने, ‘मैले चराचुरुङ्गी हेर्न कहिल्यै छाडिन ।’ सानोमा छँदा उनले खोला र पुलको नजिक बसेर अघाउन्जेल चराचुरुङ्गी अवलोकन गरे । चराहरु माछा टिपेर खान्थे । टाढाबाट भुरुरु उडेर आउँथे । र, ढुंगामा नाच्थे । ती अनेक गतिबिधिहरु उनले बडो रमाइलो मानेर हेरिरहन्थे ।
२०३४ सालमा भण्डारीको परिवार कास्कीबाट चितवन बसाई स¥यो । चितवनले भने उनलाई राजनीति सिकायो । तर, पोखराले चरा हेर्न सिकाएको थियो । जुन छाप उनको मस्तिष्कबाट कहिल्यै मेटिएन ।
अहिले त जीवन निर्वाह गर्ने बाटो पनि त्यही बनेको छ । अब त चराचुरुङ्गीको आवाज सुनेन भने उनलाई तनाव हुन थाल्छ । जंगल–जंगल चहारेर चराचुरुङ्गी हेर्ने एक प्रकारको उनलाई लत नै बसिसक्यो ।
नेपालमा मात्र होइन चरा हेर्न उनी युरोपका केही देश पनि पुगेका छन् । नयाँ चरा देख्यो भने घण्टौंसम्म हेरिरहने उनको बानी छ । चराको गतिबिधी नियाल्ने, आवाज सुन्ने र फोटो खिचेर बस्ने बानी छ । उनलाई रंगीविरंगी र टाढाबाट बसाइसराइ गरेर आउने चरा मन पर्छ ।
नेपालमा चरा गाइडहरुको संख्या थोरै छ । भण्डारीको बुझाईमा चराबारे ज्ञान भएकाहरु त ५० देखि १ सय जना मात्रै छन् । दिनमै चरा देखाएको २ सय डलर पारिश्रमिक लिने गाइडहरु पनि छन् । गाइडको त्यो थोरै संख्याभित्र पर्छन्, भण्डारी । नेपालका ६५ जिल्लामा पाइलो टेकिसकेका उनी पर्यटक गाइड पनि हुन् । नाथममा उनले ट्रेकिङ गाइडलाई पढाउने काम पनि गर्छन् ।
नेपालकै पहिलो चरा विज्ञ हुन्, स्व.हरिशरण नेपाली । उनले जीवनकालमा ३५ थरी चरा पत्ता लगाए । चरामै पिएचडी गरेका नेपालीप्रति गाईड भण्डारीको बेग्लै सम्मान र श्रद्धा छ । नेपालमा चरा पर्यटनको अपार सम्भाबना रहेको गाईड भण्डारीको ठम्याई छ ।
‘चरा पर्यटनलाई चरास“ग सम्बन्धित बजारिकरण र अनुसन्धानको आवश्यकता छ ।’ उनी भन्छन्, ‘चरा संरक्षणको पनि खाँचो छ ।’ चरा पर्यटन फस्टाउनका लागि इलाइट खालका पर्यटक चाहिने उनी बताउँछन् । प्रकृति र चरा मन पराउने पर्यटकको आवश्यकता पर्ने उनको विचार छ ।
चराका बारेमा भण्डारीले बिभिन्न अनुभव संगालेका छन् । साइबेरियन चराहरु नेपाल पुग्न १ महिना लगाउँछन् । बीचमा बास बस्ने, खाना खाने, आराम गर्ने गर्छन् । खोया हाँस तिब्बतबाट नेपाल आउ“छन् । जो सगरमाथा भन्दा माथिबाट उडेर आउँछन् ।
मंगोलियाबाट जाडो छल्न न्यानोको खोजीमा दक्षिण एसियाका अन्य मुलुक जाने गर्छन् । चराहरु साइबेरिया, मंगोलिया, चीन, युरोपका केही भागबाट नेपाल, श्रीलंका, बंगलादेश र अफ्रिकासम्म पुग्ने गर्छन् ।
भण्डारी ट्रेकिङ गाइड एशोसियसनका पूर्व अध्यक्ष हुन् ।
यस्तै, लोकतान्त्रिक पर्यटन समाजका संस्थापक सदस्य समेत हुन् । सन् १९८२ मा स्थापना भएको नेपाल पंक्षी संरक्षण संघमा पनि उनी आवद्ध छन् ।
यस संरक्षण संघले छिमेकी चरा एप सार्वजनिक गर्दैछ । जसमार्फत १ सय वटा चराहरुको बारेमा जानकारी दिईनेछ । चरा चिन्न चाहनेहरुलाई यो एप काम लाग्नेछ । ७७ वटै जिल्लामा पाईने चराहरुका बारेमा यस एपले जानकारी प्रदान गर्नेछ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया